कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनमा वितरण गरिएको राहत निजी कार चढेर सुकुम्बासी बस्तीमा बसेजस्तै भएको छ । ठमेल, लैनचौर, गोङ्गबु नयाँबसपार्कजस्ता क्षेत्र पनि पर्ने वडामा मजदुरका नाममा राहत लिन लगत सङ्कलनका लागि नाम लेखाउनेको पनि उपस्थिति हुने गरेको छ । वडाले ठमेल क्षेत्रमा ठमेल पर्यटन विकास समितिको सहयोगमा ३० जनालाई राहत दिइसकेको छ । बाँकीको तथ्याङ्क बिहीबार दिउँसोसम्म सङ्कलन गरी बेलुकीदेखि नै राहत वितरण गर्ने तयारी भइरहेको छ ।
पर्यटकीय क्षेत्र ठमेलसमेत पर्ने वडाका अधिकांश भाग सुनसान छन् । विदेशी पर्यटकलाई सरकारले नै स्वदेश फर्काउने नीति लिएपछि ठमेल क्षेत्र सुनसान भएको हो । यसैगरी नयाँबसपार्क क्षेत्रमा पनि लकडाउनको पालना सोचेभन्दा राम्रो भएको वडा कार्यालयले जनाएको छ ।
यसैगरी महानगरपालिका–६ ले चैत १७ गतेदेखि नै विपन्न वर्गलाई राहत वितरण गरेको छ । १७ गते ५०, १८ गते ९६ जना मजदुर वर्गलाई राहतस्वरुप चामल सात किलो, दाल दुई किलो, चिउरा दुई किलो, तेल एक लिटर, नून एक प्याकेटलगायत राहत सामग्री वितरण गरिएको वडाध्यक्ष दीपेन्द्रकुमार लामाले सुनाउनुभयो ।
No comments:
Post a Comment