नेपालमा पटक पटक आई रहने दैवी प्रकोप, बिपत्ती र महामारी , यस्ता शंकट बाट बाँच्न दिईने मित्रराष्ट्र र दाँता बाट आउने सहयोग माथीको ब्रम्हलुट मच्चाउने सत्ताको घ्रिडित चरित्रको लामेै इतिहासमा हालको कोरोना भाईरस भाग्यचिठ्ठा बनेर आउदो छ । ०७२ को महा भुकम्पको रहात ,निर्मला , सेन्टिकेट , ३३ किलो सुन , ह्वाईटवडी , फोर जी , सेक्युरिटी प्रिन्टिङ प्रेस हुदै कोभिड -१९ कोरोना सम्म आई पुग्दा गरिव र निमुखा जनताहरुको आफ्नो प्यारो जन्मभुमी प्रवेश माथि यो सत्ता निर्मम लाठ्ठी बर्षाउदैछ । आज जनताको जन स्वास्थ्या माथी खेलवाड र लुटको साम्राज्य मच्चाउदै छ । सफा राजनैतिक चरित्रको धोती खुस्की सकेको छ , दर्शन र वाद त देखाउने दाँत सावित भै सकेको छ । यतिञ्जेल सम्म त रेमिटले धानेको अर्थतन्त्रको जगमा लुट मच्चाउने यो सत्ताको अब विश्व श्रमबजारमा कोरोना बाट आएको ग्लोबल अर्थतन्त्रको गिरावट संग संगै नेपाली श्रमबजार पनि खुम्चिने उत्तिकै संभावना छ ।
८० लाख हाराहारी नेपाली युवाको वैदेशीक श्रम खोसिदै जाँदा ती युवा नेपालमा वेरोजगार बनेर प्रत्येक गाऊ गाऊमा फर्केको अवस्थामा फगत करको दर र निर्देशन छाट्न सिवाय काहीँ केही भिजन नभएका ,संस्थागत भ्रष्टचारको जग हालेर केन्द्र देखी तल गाऊ टोल सम्म भ्रष्टचारको जालो फिजाएर लुट्न मात्र बसेका, आफू र आफ्ना सन्तानका लागि मात्र जोहो गर्न गएकाहरुको साम्राज्यमा यदी कोरोनाको त्रासदी पछि पनि नेपालीहरुको जैबिक अस्तित्व रहेछ मात्र भने पनि भोका- नाङ्गा, निमुखा , दलित, उत्पिडीत,गरिब र सुकुम्बासी सहित बहु संख्याक आधारभुत तहका जनता संग यी युवाको एककृत गठजोड वा तिनका आधाभुत आवस्कत्ताहरुको मागको संयोजनले के यो फगत गणतन्त्र र समाजवादको जलपमा अडेको विस्तारवादको सेवक ,साम्राज्यवादको दलाल चरित्रको सत्ता संरचनाको आयु कतिञ्जेल सम्म टिक्न सक्ने होला ? त्यसमाथी कम्युनिष्टका नाममा कमाउनिष्टहरुको यो राष्ट्र लुटको धन्धाले कुन हद सम्मको सजाय पाउला ? यदि न्याय र समतामुलक समाजको अग्रगामी आवाजले मुर्त रुप लिएर राष्ट्रिय पुनर्जागण सहितको नव युगको आगामी ती दिनहरुमा बर्तमान सत्ताको भ्रष्टचारलाई मलजल गर्ने अरिङगालहरुको आगामी दिनको चरित्र कस्तो होला ?
Lilanath Baskota
Tuesday, March 31, 2020
Subscribe to:
Post Comments (Atom)
-
You are great president Bhandari. At least news reporter made your good news about your interest of Nepali people living in the USA. There ...
-
Bhanubhakta Acharya a great Nepali poet, writer and a translator was born in 1814 in Tanahu Nepal. His father Dhanjaya Acharya was ...
-
१) अब अमेरिका महाशक्तिराष्ट्र रहेन । २) चीनले एउटै क्षेप्यास्त्र नचलाई तेश्रो विश्वयुद्द जित्यो। ३) रूसी राष्ट्रपती भ्लादिमिर पुटिन ...
No comments:
Post a Comment